ट्रेन्डिङमा ‘१२ गाउँ’ को गीत ‘सिनेमा हेर्न जाउँ’

हिमाल प्रेस २४ भदौ २०८१ १२:३१
24
SHARES
ट्रेन्डिङमा ‘१२ गाउँ’ को गीत ‘सिनेमा हेर्न जाउँ’

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ युट्युबको म्युजिकतर्फको ट्रेन्डिङ दुईमा परेको छ। दुईदिनअघि सार्वजनिक गीतले समाचार तयार पार्दासम्म साढे ६ लाख भ्युज पाएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र सोनु चन्द्रपालको रोमान्टिक अभिनय छ। उनीहरुको यो डेब्यु फिल्म हो। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियो हेरेर अधिकांशले कलाकार समीरको नृत्य कला मन परेको प्रतिक्रिया दिएका छन्।

अभिनेता विराज भट्टका छोरा हुन् समीर । सोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलमा चर्चित छिन्। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा बलिउड गायक नकाश अजिजको स्वर छ। फिल्मको पोस्टर र एक्सनप्रधान टिजर सार्वजनिक भएपछि दर्शकमाझ उच्च हाइप बनेको छ।

फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। अन्य कलाकार मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शन हुने फिल्म विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

फिल्म स्टन्ट सिल्भा शंकर महर्जनको भारतीय द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविण केएल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ। काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मका छायाकार महेश पौडेल हुन्।

प्रकाशित: २४ भदौ २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =