तीन देशका लागि महावाणिज्यदूत नियुक्त

हिमाल प्रेस १६ भदौ २०८१ १७:३०
22
SHARES
तीन देशका लागि महावाणिज्यदूत नियुक्त मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ- सरकारले तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन्। खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित: १६ भदौ २०८१ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast