पारा ओलम्पिक: पलेशा क्वार्टरफाइनलमा पराजित

हिमाल प्रेस १४ भदौ २०८१ १८:०९ | Friday, August 30, 2024
पारा ओलम्पिक: पलेशा क्वार्टरफाइनलमा पराजित

काठमाडौँ- नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइलमा पराजित भएकी छन्। के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा शुक्रबार पलेशा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भइन्।

पलेशाले अब रिपाचेजमार्फत कांस्य पदकको लागि प्रतिस्पर्धा गर्नेछिन्। पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालेकी थिइन्।

पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ। त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन्।

प्रकाशित: १४ भदौ २०८१ १८:०९ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast