मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर
काठमाडौँ- नेपाल सरकारको मुख्य सचिवमा एक नारायण अर्याल नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण शुक्रबार अवकाश पाउँदैछिन्। साउन १० गते मुख्यसचिवमा नियुक्त भएकी उनी शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर बिदा हुनेछिन्।
यस्तै बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रकाशित: १३ भदौ २०८१ २०:५५ | Thursday, August 29, 2024
प्रतिक्रिया





