टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

हिमाल प्रेस १३ भदौ २०८१ १६:३७ | Thursday, August 29, 2024
टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०८१ प्रमाणीकरण गरेका छन्।

संसदको दुवै सदनबाट पारित भएको उक्त विधेयक बिहीबार प्रमाणीकरण भएको हो। गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका हुन्।

प्रकाशित: १३ भदौ २०८१ १६:३७ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast