 
                             
                                            गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन्।
इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन्। इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन्। यसबाट कूल मृत्यु हुनेको संख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन्।
मृत्यु हुनेको संख्या बढ्दै जाँदा गाजा पट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय संकटको सामना गरिरहेका छन्।
                            प्रकाशित: ११ भदौ  २०८१ ७:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 