विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री

हिमाल प्रेस ८ भदौ २०८१ ११:१७ | Saturday, August 24, 2024
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

भरतपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन्।

‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो’, उनले भनिन्, ‘हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो।’

विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो। यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन।’

प्रकाशित: ८ भदौ २०८१ ११:१७ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast