काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई को बहाव सतर्कता तह भन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, इलाम, मोरङ, बारा, पर्सा, मकवानपुर, चितवन, दैलेख, कालिकोट, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।

प्रकाशित: ८ भदौ २०८१ ८:३४ | Saturday, August 24, 2024
प्रतिक्रिया




