काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कतिपय तरकारीको मूल्य भने थपघट भएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ३२, रातो आलु ६७, सुकेको प्याज १०२, लोकल गाँजर ९५, लोकल काँक्रो ५०, बन्दा ६५, स्थानीय काउली ७५, रातो मुला ३५, सेतो मुला २३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
त्यसैगरी कालीमाटीमा डल्ले भन्टा ५६, तने बोडी ७६, करेला ३४, लौका ४६, घिरौँला ४४, हरियो फर्सी ४५, भिन्डी ३६, कन्य च्याउ १५२, डल्ले च्याउ ३१८, कुरिलो ३२५, ब्रोकाउली १९०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।