प्रदर्शनरत फिल्म ‘बुलाकी’ जाफना इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

हिमाल प्रेस ५ भदौ २०८१ ११:५१ | Wednesday, August 21, 2024
प्रदर्शनरत फिल्म ‘बुलाकी’ जाफना इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ- साउन ३२देखि पुनः प्रदर्शन भइरहेको फिल्म ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित जाफना इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो।

जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गतवर्ष नेपाली फिल्म ‘द रेड सुटकेस’ ले जितेको थियो।

फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा फिल्म फेस्टिभलमा छनाेट भएको पोस्ट सार्वजनिक गरेका छन्।

‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहीँ न कहीँ सार्थकता पाउने रैछ, श्रीलंकाको प्रतिष्ठित फिल्म महोत्सव मा ‘बुलाकी’ छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु।’ निर्माता विष्टले लेखेका छन्।

निर्देशक लक्ष्मण सुनारले फिल्म छनोट भएको खुसी फेसबुकमा सेयर गर्दै आगामी सातादेखि अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने रहेको जानकारीसमेत दिएका छन्।

नेपाल सरकारबाट विशेष फिल्मको अवार्डसमेत पाइसकेको फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समेत जितिसकेको छ।

पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथामा आधारित फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्ममा निर्माता बिष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय छ।

प्रकाशित: ५ भदौ २०८१ ११:५१ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast