लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

हिमाल प्रेस ४ भदौ २०८१ १४:५४ | Tuesday, August 20, 2024
लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा विश्वासकाे मत मागेका छन्। आज मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन्।

आचार्य गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यकाे समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। सरकारको नेतृत्व गरेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासकाे मत मागे। प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने धारणा राखे।

प्रकाशित: ४ भदौ २०८१ १४:५४ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast