परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने सम्भावना

हिमाल प्रेस २ भदौ २०८१ २०:१७
18
SHARES
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने सम्भावना

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छन्।

भारतको औपचारिक भ्रमणमा आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री राणाले सोमबार बेलुका प्रधामन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी हुन्। काठमाडौँस्थित भारतीय दूतावास स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले मोदीसँगको भेटवार्ताका लागि सोमबार साँझको समय दिएको हो।

मन्त्री राणाले सोमबार दिउँसो भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा द्विपक्षीय हित, सहकार्य तथा सम्बन्ध विस्तारका विषयमा छलफल हुने मन्त्रालयले बताएको छ।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा ६ दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए।मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: २ भदौ २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast