परराष्ट्रमन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

हिमाल प्रेस २ भदौ २०८१ १२:४४
6
SHARES
परराष्ट्रमन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान भारत भ्रमणका लागि बुधबार निस्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो।

यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाई गरेका थिए। मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुन्।

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो। परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किएका छन्।

प्रकाशित: २ भदौ २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =