ग्रिनकार्डको प्रलोभनमा मौरिसस पुर्‍याएर मानव बेचबिखन गर्ने पक्राउ

हिमाल प्रेस २९ साउन २०८१ १५:४३ | Tuesday, August 13, 2024
ग्रिनकार्डको प्रलोभनमा मौरिसस पुर्‍याएर मानव बेचबिखन गर्ने पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो। न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ।

पीडितबाट रु दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाइ समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ साउन २०८१ १५:४३ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast