माधव नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

हिमाल प्रेस २८ साउन २०८१ १७:५५ | Monday, August 12, 2024
माधव नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर आज भेट गरेका हुन्।

भेटमा उनीहरूबीच द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गरेका थिए।

प्रकाशित: २८ साउन २०८१ १७:५५ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast