कञ्चन पत्रकारिता पुरस्कारबाट श्रेष्ठ र रानामगर सम्मानित

हिमाल प्रेस २७ साउन २०८१ १३:१३ | Sunday, August 11, 2024
कञ्चन पत्रकारिता पुरस्कारबाट श्रेष्ठ र रानामगर सम्मानित

पोखरा- नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भएका छन् ।

फोनिजको २५ औं स्थापना दिवस अवसरमा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमु धीं नेपाल अध्यक्ष हुमबहादुर तमु, संस्थापक अध्यक्ष कर्म गुरुङले जनही २५ हजार सहित सम्मानपत्र प्रदान गरे।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठ पोखराको एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक हुन्। अर्का सम्मानित व्यक्तित्व रानामगर नवलपुरकी पत्रकार हुन्।

पोखराका व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना भएको यो पुरस्कार फोनिज गण्डकीले सञ्चालन गर्दै आएको छ। गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशीलमध्ये फोनिजका २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।

यसअघि, कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन्।

प्रकाशित: २७ साउन २०८१ १३:१३ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast