बागलुङ बडिगाड पहिरो : ५० परिवार विस्थापित

हिमाल प्रेस २७ साउन २०८१ ७:४४ | Sunday, August 11, 2024
बागलुङ बडिगाड पहिरो : ५० परिवार विस्थापित

बागलुङ- बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए। गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए।

प्रकाशित: २७ साउन २०८१ ७:४४ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast