‘नमेटिने घाउ’ ट्रेलरमा एसिड पीडितको संघर्ष

हिमाल प्रेस २४ साउन २०८१ १६:०३
12
SHARES
‘नमेटिने घाउ’ ट्रेलरमा एसिड पीडितको संघर्ष

काठमाडौँ- भदौ ७ देखि प्रदर्शन हुने फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट २४ सेकेन्डको ट्रेलरमा एसिड आक्रमणबाट पीडित बनेका पात्रहरुको संघर्षलाई देखाइएको छ र अन्तमा प्रधानमन्त्री केपी शर्मा ओली एसिड पीडितलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य पनि समावेश गरिएको छ।

अभिनेता रमित ढुंगानाको डेब्यु निर्देशनमा बनेको फिल्म सत्य घटनामा आधारित ३३ जना एसिड पीडितको संघर्षको कथा छ। फिल्मको कथा तथा पटकथा शिवम अधिकारीले लेखेका हुन्। अभिनेता ढुंगानाको नै लगानी रहेको फिल्म भदौ ७ गते प्रदर्शन हुनेछ।

फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङलगायत कलाकारको अभिनय छ। साथै एसिड पीडित आन्दोलनमा साथ दिने प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि फिल्ममा विशेष भूमिका छ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण ढकालको द्वन्द्व निर्देशन छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: २४ साउन २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =