नेपाल प्रहरीका चार एआईजीको सरुवा

हिमाल प्रेस २२ साउन २०८१ २१:२२
114
SHARES
नेपाल प्रहरीका चार एआईजीको सरुवा मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका चार जना एआईजीको सरुवा भएको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

एक मन्त्रीका अनुसार थापा सीआईबी, बज्राचार्य उपत्यका प्रहरी कार्यालय, ज्ञवाली प्रदेश समन्वय विभाग र जोशीलाई कार्यविभागमा सरुवा गरिएको हो।

बैठकले न्याय सेवा आयोग कानुन समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गराइएको छ।

यसअघि कानुन सचिव फणीन्द्र गौतम थिए। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको ती मन्त्रीले जानकारी दिए।

प्रकाशित: २२ साउन २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast