सरकारले भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछ : भूमिमन्त्री अधिकारी

हिमाल प्रेस २१ साउन २०८१ १८:००
8
SHARES
सरकारले भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछ : भूमिमन्त्री अधिकारी

काठमाडौँ- भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन्।

सोमबार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री अधिकारीले भूमि मन्त्रालयअन्तर्गत गर्ने सहकारी, भूमि र गुठीसम्बन्धी ऐनलाई परिमार्जन गर्ने तयारीमा सरकार रहेको बताएका हुन्। उनले सरकारले यी ऐन संशोधनका लागि ड्राफ्टको काम भइरहेको बताए। मन्त्री अधिकारीले नापी र मालपोत एकीकृत गर्ने धारणा आए पनि अहिले गर्न सक्ने अवस्था नभएको बताए। उनले भूमि र नापीसम्बन्धी मात्रै पनि चारवटा भन्दा बढी कानुन रहेको भन्दै यी कानुनलाई एकीकृत ऐन ल्याउन आवश्यक रहेको बताए।

मन्त्री अधिकारीले प्रत्येक गुठीको फरक-फरक नियम रहेकाले गुठीको एकीकृत ऐन बनाउने र उक्त ऐनअन्तर्गत रहेर कार्यविधि र नियमावलीमा सम्बन्धित गुठीको कार्यविधि बनाउने तयारी सरकारको रहेको बताए। उनले भूमि, नापी, गुठी र सहकारीको मूल ऐनले नियन्त्रण गरी कार्यविधि र नियमावलीले कार्यान्वयन गर्नसक्ने गरी कानुन बनाउने प्रतिबद्धता जनाए।

घरजग्गा व्यवसायीहरूले मन्त्री अधिकारीसँग घरजग्गाको कारोबार मर्यादित र अनुशासित बनाउन अहिले भएको संरचनाले नभएको भन्दै ल्यान्ड मार्केटको अवधारणा ल्याउन माग गरेका छन्। उनीहरूले जग्गाको कारोबार अन्डर भ्वाइस मूल्यमा कारोबार भएकाले मुलुकको राजश्व संकलनमा असर परेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =