पोखरामा २२ जना विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, चालक फरार

हिमाल प्रेस १४ साउन २०८१ ९:५६ | Monday, July 29, 2024
पोखरामा २२ जना विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, चालक फरार पोखरामा दुर्घटनामा परेको स्कुल बस।

कास्की- पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका २१ कृस्तीमा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको ग१क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बसमा चालक र सहचालकसहित २४ जना रहेका थिए। बसमा सवार विद्यार्थीको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।  बस सडकबाट ५० मिटर तल झरेको छ।

अहिले चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ साउन २०८१ ९:५६ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast