पोखराका यातायात व्यवसायी गाडी थन्क्याएर आन्दोलनमा

हिमाल प्रेस १३ साउन २०८१ ९:०३
10
SHARES
पोखराका यातायात व्यवसायी गाडी थन्क्याएर आन्दोलनमा बन्द सडक

काठमाडौँ- राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित भएपछि गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प भएको छ। उनीहरूले ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीका अनुसार माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएका छन्। माग सम्बोधन नहुँदासम्म पछि नहट्ने उनले बताए। सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने कुरा समेटेको थियो। तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन।

यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो।

प्रकाशित: १३ साउन २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =