टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १३ साउन २०८१ ८:५६ | Sunday, July 28, 2024
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- भक्तपुरमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी स्थित सडक खण्डमा काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नं को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं १ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष अन्दाजी २१ को सुवास तामाङ गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए।

मोटरसाइकल पछाडि सवार जिल्ला काभ्रेपलान्चोक माहाकाल गाउँपालिका वडा नं‍ ६ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष २० को संजिव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको छ।

प्रकाशित: १३ साउन २०८१ ८:५६ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast