रुसी समाजलाई विभाजन गर्न खोज्नेहरूविरुद्ध बदला लिने पुटिनको चेतावनी

हिमाल प्रेस १० साउन २०८१ २०:४८ | Thursday, July 25, 2024
रुसी समाजलाई विभाजन गर्न खोज्नेहरूविरुद्ध बदला लिने पुटिनको चेतावनी

मस्को (रासस/ एएफपी)- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी समाजलाई विभाजन गर्न खोज्नेविरुद्ध बदला लिने चेतावनी दिएका छन्।

पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ। क्रेमलिनप्रतिको असहमति र आलोचकलाई लामो जेल सजाय दिइएको छ।

‘हाम्रो समाजलाई विभाजन गर्न मानिसहरूलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्,’ क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भने।

रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई लक्षित गर्दै यस्तो भाषा प्रयोग गर्दै आएको छ।

 

प्रकाशित: १० साउन २०८१ २०:४८ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast