मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

हिमाल प्रेस १० साउन २०८१ ९:४६ | Thursday, July 25, 2024
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

रुकुमपश्चिम- मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए। पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ।

प्रकाशित: १० साउन २०८१ ९:४६ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast