‘यो मन त मेरो नेपाली हो’ को गीत ‘आँखै रसिलो’

हिमाल प्रेस ९ साउन २०८१ ११:३५ | Wednesday, July 24, 2024
‘यो मन त मेरो नेपाली हो’ को गीत ‘आँखै रसिलो’

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सवीन सुवेदीको स्वर छ।

गीतलाई कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई देख्न सकिन्छ।

फिल्मका निर्देशक साहित्यकार मित्र प्रधान हुन्। फिल्ममा विदेशमा रहेका नेपालीको मुद्दालाई उठाइएको छ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय रहनेछ।

ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेको फिल्म पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: ९ साउन २०८१ ११:३५ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast