पौडी खेल्दा बेपत्ता दुई युवकको शव फेला

हिमाल प्रेस ४ साउन २०८१ १८:११ | Friday, July 19, 2024
पौडी खेल्दा बेपत्ता दुई युवकको शव फेला

काठमाडौँ- कास्कीस्थित पोखरा महानगरपालिका-२३ घाँटीछिनाको हर्पन खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

पोखरा महानगरपालिका–१ मोहरिया टोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल को २४ नम्बर कालिका गणको गोताखर टोली खोजीमा खटिएको थियो। फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ४ साउन २०८१ १८:११ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast