जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

हिमाल प्रेस २७ असार २०८१ १५:०९ | Thursday, July 11, 2024
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने फाइल तस्बिर

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए।

प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।

नेकपा एमाले, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टी सरकारबाट बाहिरिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत पाउने सम्भावना छैन। उनले विश्वासको मत नपाएसँगै कांग्रेस-एमालेसहितको नयाँ गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु हुनेछ।

प्रकाशित: २७ असार २०८१ १५:०९ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast