जलमग्न बस्ती [तस्बिरहरू]

हिमाल प्रेस २२ असार २०८१ २०:४९
32
SHARES
जलमग्न बस्ती [तस्बिरहरू] अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै। तस्बिर : रासस

काठमाडौँ- अविरल वर्षापछि आएको बाढीका कारण देशका विभिन्न भागका बस्ती डुबानमा परेका छन्। नारायणी नदीको बाढी बस्तीमा पस्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए।

नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ। नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ।

अविरल वर्षापछि सेती नदीमा आएको बाढीले तनहुँको व्यास–१३ बेलवास घर र विद्यालय डुबानमा परेपछि सुरक्षित स्थानमा सामान स्थान्तरण गर्दै सुरक्षाकर्मी।

दाङको घोराही उपमहानगरपालिका-५ वसन्तापुरको बस्तीमा पसेको बबई नदीको बाढी । बस्ती डुवान हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।
जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत।
ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान।

 

नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै।
हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित कर्रा खोलामा आएको बाढीले डुबानमा परेका स्थानीयवासीलाई उद्धार गरिँदै।
शनिबार दाङको घोराही उपमहानगरपालिका– १८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल।

तस्बिरहरू : रासस

प्रकाशित: २२ असार २०८१ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast