 
                            
                                            काठमाडौँ- नेकपा एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। बालुवाटारमा भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।
राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। एमालेबाट सरकारमा ८ जना मन्त्री सहभागी थिए।
नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले राजीनामा दिने संकेत नदेखिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
                            प्रकाशित: १९ असार  २०८१ २०:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 