यस्ताे छ ‘१२ गाउँ’ मा समीरकाे लुक्स, दसैँमा प्रदर्शन गरिने

हिमाल प्रेस १६ असार २०८१ १२:३८ | Sunday, June 30, 2024
यस्ताे छ ‘१२ गाउँ’ मा समीरकाे लुक्स, दसैँमा प्रदर्शन गरिने

काठमाडौँ- अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘१२ गाउँ’का कलाकार समीर भट्टको लुक्स सार्वजनिक भएको छ।

पोस्टर सार्वजनिक पोस्टरमा आगामी दसैँमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ। निर्देशक तथा कलाकार विराजका छोरा हुन् समीर। उनले यही फिल्मबाट नेपाली सिनेजगतमा डेब्यू गर्दैछन्।

समीरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन्। समीरले मुम्बईमा किशोर(नमितबाट अभिनय प्रशिक्षण लिएका थिए।

नेपाली फिल्ममा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो छविलाई ‘१२ गाउँ’बाट एक कदम अगाडि लैजाने बताउँछन्।

यही फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन्। फिल्ममा निर्देशक विराज स्वंयको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

महेश पौडेल छायांकन रहेको फिल्म काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ।

एक्सन–थ्रिलर कथामा बन्ने फिल्ममा विराज, समीर, न्यान्सी र सनिशासहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक रुपमा काम गरेका स्टन्ट सिल्भालाई फिल्मको द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

प्रकाशित: १६ असार २०८१ १२:३८ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast