औषधिजन्य जडीबुटी मेला आजदेखि

हिमाल प्रेस ८ असार २०८१ ९:०३
6
SHARES
औषधिजन्य जडीबुटी मेला आजदेखि

गण्डकी- आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ।

चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए।

मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका वहुमुल्य जडीबुटी प्रर्दशनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडिवुटीबाट मिश्रित पथ्य आहार एव खानपानको जानकारी गराइने उनले बताए।

चिकित्सालयका प्रमुख डा नेपालले मेलामा जडिबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडिबुटीको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए।

यसैगरी प्रविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडिबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडिबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरू पनि राखिएको छ।

मेलामा औषधिजन्य जडीवुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट संकलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुने छ।

मेलाबाट औषधिको प्रयोग भएपनि लोपोन्मुख रहेका जडिवुटीको संरक्षण गर्न सहयोग मिल्ने छ । चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिव पाँच हजार ६०० जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताए।

प्रकाशित: ८ असार २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =