रोहित पौडेलसँग विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही

हिमाल प्रेस ५ असार २०८१ ६:३१ | Wednesday, June 19, 2024
रोहित पौडेलसँग विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही बंगलादेशी खेलाडी तान्जिम हसन सकिब नेपाली टोली कप्तान रोहित पौडेलसँग विवाद गर्दैगर्दाको दृश्य। तस्बिर : आईसीसी

काठमाडौँ- आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ।

आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो।

नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो। नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए।

तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।

खेलमा रोहित ब्याटिङ गर्दैथिए। यता तान्जिम बलिङमा आएका बेला रोहितसँग विवाद गरेका थिए। रोहित समेत आक्रामक बनेपछि अम्पायरले दुईजनालाई छुट्याएका थिए।

 

 

 

प्रकाशित: ५ असार २०८१ ६:३१ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast