एमालेले भन्यो : विद्या भण्डारीकाे पार्टी सदस्यता नवीकरण भएकाे छैन

हिमाल प्रेस ४ असार २०८१ १७:३६ | Tuesday, June 18, 2024
एमालेले भन्यो : विद्या भण्डारीकाे पार्टी सदस्यता नवीकरण भएकाे छैन विद्या भण्डारी। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेको संगठन विभागले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नै नवीकरण नगरेको बताएको छ। पछिल्लो समय पार्टीको विभिन्न गतिविधिमा सक्रिय देखिएकी भण्डारीले पार्टी सदस्यता नवीकरण नै नगरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले बताए।

ढुंगलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यको नवीकरणको विषयलाई लिएर मिडियाहरूले धेरै चासो राखिरहेको सन्दर्भलाई स्पष्ट पार्न आवश्यक रहेको भन्दै उनले यसबारे जानकारी गराएका हुन्।

‘विद्या भण्डारी नेकपा (एमाले) नेत्री भएर नै राष्ट्रपति बन्नु भएको हो। पदीय जिम्मेवारीले अलग रहनु पर्‍यो उहाँ अलग हुनु भयो। राष्ट्रपति भएर राष्ट्रियता र लोकतन्त्रको संरक्षकको रुपमा उहाँले निभाउनु भएको भूमिका नेपाली जनताका माझ घाम जत्तिकै छर्लंग छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवश्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिँ हामीलाई छ।’

उनले भण्डारीसँग नेकपा एमालेको स्थायी अविभावक हुने अधिकार रहेको पनि बताएका छन्। त्यस्तै ढुंगेलले भण्डारी पार्टीको गतिविधिमा सक्रिय रहेको र त्यसपछि भएको आलोचनाको ढाकछोप गर्दै भने, ‘पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य निर्माण गर्नु उपयुक्त होइन।’

भण्डारीले पार्टी सदस्यता नवीकरण गर्न चाहेको समयमा हुने पनि उनको भनाइ छ।

दुई पटक राष्ट्रपति भएकी विद्या ‘सक्रिय राजनीतिमा’

प्रकाशित: ४ असार २०८१ १७:३६ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast