शान्ति मिसनबाट फर्किएका प्रहरीलाई सम्मान

हिमाल प्रेस २ असार २०८१ १९:३२ | Sunday, June 16, 2024
शान्ति मिसनबाट फर्किएका प्रहरीलाई सम्मान प्रहरी

काठमाडौं– प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन)को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ।

शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो। सोही टोलीलाईं प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले सम्मान गरेको हो।

एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ। शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन्।

सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी थिए।

प्रकाशित: २ असार २०८१ १९:३२ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast