जनतासँगका प्रतिबद्धता पूरा गर्न पार्टी एक ढिक्का हुनुपर्छ : रवि लामिछाने

हिमाल प्रेस १ असार २०८१ १३:१५ | Saturday, June 15, 2024
जनतासँगका प्रतिबद्धता पूरा गर्न पार्टी एक ढिक्का हुनुपर्छ : रवि लामिछाने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टी स्थापनाका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे।

साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए। संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरे।

उपभापति डा स्वर्णीम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताए।

प्रकाशित: १ असार २०८१ १३:१५ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast