इङ्ल्यान्डसँग ओमान १९ बलमै पराजित

हिमाल प्रेस ३२ जेठ २०८१ ७:३५
6
SHARES
इङ्ल्यान्डसँग ओमान १९ बलमै पराजित

काठमाडौँ- इङ्ल्यान्डसँग ओमान १९ बलमै पराजित भएको छ। शुक्रबार बिहान एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा टस जितेर पहिला बलिङ गरेको इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शनसँगै आईसीसी टी-२० विश्वकपमा ओमानलाई १९ बलमै पराजित गरेको हो।

इङ्ल्यान्ड ८ विकेटले विजयी भयाे। ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनायो। कप्तान जोस बटलरले २४ रन बनाए। उनी अविजित रहँदै ८ बलमा ४ चौका र एक छक्का प्रहार गरे। फिल साल्ट १२ र विल ज्याक्स पाँच रनमा आउट हुँदा जोनी बेयरस्टो ८ रनमा अविजित रहे।

ओमानका बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए। ओमानका १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन्। इङ्ल्यान्डका स्पिनर आदिल रसिदले सर्वाधिक चार विकेट लिए। मार्क वुड र जोफ्रा आर्चरले समान तीन विकेट लिए।

जितसँगै तीन खेलमा तीन अंक जोडेको इङ्ल्यान्डको पनि सुपर ८ मा पुग्ने सम्भावना बढेको छ। इङ्ल्यान्डले समूह चरणको अन्तिम खेल शनिबार नामिबियासँग खेल्ने छ।

समूह बी बाट दुई अंक जोडेको एशाेसिएट राष्ट्र नामिबिया र अंकविहीन रहेको ओमान प्रतियोगिताबाट बाहिरिसकेका छन्। ओमानले चार खेलमा कुनै पनि जितेन।

प्रकाशित: ३२ जेठ २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =