वेस्ट इन्डिज ‘सुपर-८’ मा, न्युजिल्यान्ड लगभग बाहिरियो

हिमाल प्रेस ३१ जेठ २०८१ १०:४८
20
SHARES
वेस्ट इन्डिज ‘सुपर-८’ मा, न्युजिल्यान्ड लगभग बाहिरियो

काठमाडौँ- न्युजिल्यान्डलाई स्तब्ध पार्दै वेस्ट इन्डिज आईसीसी टी-२० विश्वकपको ‘सुपर-८’ मा पुगेको छ।

न्युजिल्यान्डमाथि १३ रनको जित निकाल्दै वेस्ट इन्डिज विश्वकपको सुपर ८ मा पुग्ने चौथो टोली बनेको हो।

यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया, भारत सुपर ८ मा पुगिसकेका छन्। यता न्युजिल्यान्ड भने विश्वकपबाट लगभग बाहिरिएको छ।

समूह ‘सी’मा परेको न्युजिल्यान्डले २ खेलबाट कुनै अंक प्राप्त गर्न सकेको छैन।

अब उसले जम्मा दुई खेल खेल्न पाउँछ। वेस्ट इन्डिजपछि समूहको दोस्रो नम्बरमा अफगानिस्तान छ।

अफगानिस्तानले लगातार जित्दै ४ अंक बटुलेको छ। यदि अफगानिस्तानले एक खेल मात्र जित्ने हो भने सुपर ८ मा पर्ने छ। यता न्युजिल्यान्ड बाहिरिने छ।

न्युजिल्यान्ड अंकसहित रन रेटमा पनि समूह चरणको अन्तिममा छ। न्युजिल्यान्डको माइनस ३ दशमलब ४३ मात्र रन रेट छ। बरु एसोसिएट टिम पपुवा न्युगिनी र युगान्डा न्युजिल्यान्डभन्दा अगाडि छन्। आजको खेलबाट न्युजिल्यान्डले जित निकाल्न सकेको भए सुपर ८ मा सम्भावना बलियो बन्थ्यो।

तर वेस्ट इन्डिजका बलरसामु न्युजिल्यान्डका ब्याटर टिक्न सकेनन्। वेस्ट इन्डिजका अल्जारी जोसेफ र गुणकेश मोती न्युजिल्यान्डका लागि घातक सावित भए।

जोसेफ ४ ओभरमा मात्र १९ रन खर्चेर उनले ४ विकेट हात पारे। गुणकेश मोतीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

आन्द्रे रसेल र अकिल होसिनले १-१ विकेट लिए। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन।

फिन एलिन २६ र मिचेल सान्तनरले २१ बनाएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि सेरफान रथरफोर्डले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

वेस्ट इन्डिजका सेरफान रथेफोर्डले ६८ रनको अविजित खेलेका थिए। निकोलस पुरन १७, अकिल होसेन १५, आन्द्रे रसेल १४ र रोमारियो सेफेर्डले १३ रन बनाएका थिए।

न्युजिल्यान्डका लागि टेन्ट बोल्डले ३ विकेट, टिम सौथी र लोकाइ फरग्युसन समान २-२ विकेट र जेम्स निसाम  र मिचेल स्यान्टनर १-१ विकेट लिन सफल भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =