महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २० खेलाडी

हिमाल प्रेस ३१ जेठ २०८१ ७:०१ | Thursday, June 13, 2024
महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २० खेलाडी फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २० सदस्सीय टोली घोषणा गरेको छ।

क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो।

एलिसा खडिया, हेलिसा गुरुङ, सावित्री धामी र राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। यी मध्य राजमती मात्र दोस्रो चरणमा प्रवेश गरेकी छन्।

श्रीलंकामा एसीसी महिला एसिया कप साउन ४ देखि १३ गतेसम्म हुने छ। नेपाल, भारत, पाकिस्तान र यूएई समूह एमा छन्। समूह ‘बी’मा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन्।

नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ। दोस्रो खेलमा नेपालले साउन ६ गते यूएई र ८ गते भारतको सामना गर्नेछ। नेपाल एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहँदै एसिया कपमा छनोट भएको हो।

दोस्रो चरणका लागि महिला टोली :

इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, रुवि पोदार (विकेट किपर), अप्सरी बेगम, अश्मिना कर्माचार्य, राजमती ऐरी, एलिशा खडिया

प्रकाशित: ३१ जेठ २०८१ ७:०१ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast