टी २० विश्वकप : नेपाल रहेको समूहमा श्रीलंकाको दोस्रो हार, बंगलादेशको जित

हिमाल प्रेस २६ जेठ २०८१ ११:१२
18
SHARES
टी २० विश्वकप : नेपाल रहेको समूहमा श्रीलंकाको दोस्रो हार, बंगलादेशको जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो।

खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासेको हो। सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए।

लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे। यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हिर्काए।

सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए। अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए । उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए।

श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । वानेन्दू हसरंगाले दुई विकेट हात पारे।

डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो।

खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए ।

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन्।

बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीनरतीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो।

जितसँगै नेपाल पनि रहेको समूह ‘डी’मा बंगलादेशले २ अंक जोडेको छ। बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो।

 

प्रकाशित: २६ जेठ २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast