टी-२० विश्वकपमा युगान्डाको ऐतिहासिक जित

हिमाल प्रेस २४ जेठ २०८१ ८:३६
8
SHARES
टी-२० विश्वकपमा युगान्डाको ऐतिहासिक जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा युगान्डाले पपुवा न्यूगिनी (पीएनजी)लाई हराएको छ।

पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८ दशमलव २ ओभरमा पूरा गर्‍यो। युगान्डा पहिलो पल्ट विश्वकप खेलिरहेको छ।

उनको यो इतिहासकै पहिलो जित हो। जितका लागि युगान्डाका रिआजत अली साहले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए।

जुमा मियागीले १३ रन बनाए। ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए।

पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुईरदुई, चाद सोपर र असाद भालाले एकरएक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो। लेगा सिआका र किप्लिन डोरीगाले १२-१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २-२ र ब्रायन मसाबाले एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast