टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै

हिमाल प्रेस २२ जेठ २०८१ ७:५९
14
SHARES
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै फाइल तस्बिर

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ।

अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।

नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ। नेपालले पछिल्लो पटक सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन्। नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ। यी दुई खेल अमेरिकामा हुनेछन्।

नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ। जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ।

नेपाल हाल टी-२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ। यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ।

टी-२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: २२ जेठ २०८१ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =