टी-२० विश्वकपमा क्यानडामाथि अमेरिकाको सहज जित

हिमाल प्रेस २० जेठ २०८१ १०:००
20
SHARES
टी-२० विश्वकपमा क्यानडामाथि अमेरिकाको सहज जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको टी-२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटलको जित निकालेको छ।

एड्रिज गौस र एरोन जोन्सको आक्रामक ब्याटिङले क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बल बाँकी रहँदै सहज जित निकाल्यो।

एड्रिजले ४६ बलमा ६५ रन र एरोनले ४० बलमा ९४ रनको पारी खेले।

मयंक पटेलले १६ र कोरी एडर्सनले ३ रन बनाए। क्यानडाका कलिम साना, डिलोन हेलियर र निखिल दुत्ताले समान १-१ विकेट लिए।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा १९४ रन बनाएको थियो। क्यानडाका लागि नवनित डालिवालले ६१ र निकोलस क्लिटनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

आरोन जोनसन २३, पर्गत सिंह ५ र श्रेयास मोभ्या ३२ रन बनाउन सफल भए।

यता अमेरिकाका लागि अलि खान, कोरी एडर्सन र हार्मित सिंह १/१ विकेट लिन सफल भए।

प्रकाशित: २० जेठ २०८१ १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =