निर्वाचन ०७९

‍‍‍मतदानस्थलको तयारी धमाधम [तस्बिरहरू]

दिपेश श्रेष्ठ २ मंसिर २०७९ ११:०९ | Friday, November 18, 2022
‍‍‍मतदानस्थलको तयारी धमाधम [तस्बिरहरू]

काठमाडौँ– आइतबार हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदानस्थलमा मतदानका लागि आवश्यक संरचना निर्माणको काम सुरु भएको छ।

सम्बन्धित मतदानकेन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा म्यादी प्रहरीद्वारा आवश्यक तयारी गरिरहेका छन्। मतदान केन्द्र लैंगिक समावेशी, ज्येष्ठ नागरिक, बिरामी र अशक्त, गर्भवती, सुत्केरी तथा अपांगमैत्री हुनेगरी बनाउन निर्वाचन आयोगले निर्देशन दिएकोछ।

निर्वाचन आयोगका अनुसार आइतबार हुने निर्वाचनमा देशै भरको १० हजार ८ सय ९२ मतदानस्थलको २२ हजार २ सय २७ मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले आफ्ना जनप्रतिनिधि चुन्न मतदान गर्नेछन्।  निर्वाचन आयोगबाट वितरण भएको निर्वाचन सामग्रीहरू पनि सम्बन्धित मतदान केन्द्रहरूमा पुर्‍याइसकिएको छ।

मतदानस्थलहरूको सुरक्षा संवेदनशीलतालाई हेरेर आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पनि निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित: २ मंसिर २०७९ ११:०९ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast