राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परम्पराको निरन्तरताको रूपमा एक थान बजेट आएको प्रतिक्रिया दिएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘बजेटले निराशामा परेका जनतालाई आशा जगाउन सक्दैन,’ उनले भने, ‘धेरैलाई चित्त बुझाउनका लागि अंक बढाएर ल्याइएको छ। नयाँ कार्यक्रम पनि छैन।’
प्रकाशित: १५ जेठ २०८१ १९:३३ | Tuesday, May 28, 2024
प्रतिक्रिया




