काठमाडौँ– आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे।
प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन्। दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन्।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।
प्रकाशित: ११ जेठ २०८१ १४:१८
प्रतिक्रिया