कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

हिमाल प्रेस ७ जेठ २०८१ २०:५० | Monday, May 20, 2024
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

इटहरी- कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन्।

झापा घर भएका अधिकारीलाई सोमबार (आज) बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो।

आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ। उनी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको उपप्राध्यापक हुन्। उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तर बीचको सम्बन्ध विषयमा विद्यावारिधि पूरा गरेका छन्।

प्रकाशित: ७ जेठ २०८१ २०:५० | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast