छायांकनमा ‘१२ गाउँ’

हिमाल प्रेस ७ जेठ २०८१ १२:११ | Monday, May 20, 2024
छायांकनमा ‘१२ गाउँ’

काठमाडौँ- फिल्म ‘१२ गाउँ’को छायांकन सुरु भएको छ। निर्माण टिमले ललितपुरको हात्तीबनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।

फिल्मको छायांकन ललितपुर, वीरगञ्ज, हेटौंडा लगायतका स्थानमा गरिने निर्माण टिमको तयारी छ। महेश पौडेलले फिल्म छायांकन गरिरहेका छन्।

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बन्ने फिल्ममा उनकै छोरा समीर भट्टसहित पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्।

फिल्ममा साउथ र भोजपुरी फिल्ममा काम गरिसकेका अभिनेता कनिज कोइरालासहित सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकारलगायतको अभिनय रहनेछ।

एक्सन-थ्रिलर जनरामा यो फिल्म बन्ने फिल्मको द्वन्द्ध निर्देशन दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफर सिल्भा मास्टरले गर्नेछन्। फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन्।

प्रकाशित: ७ जेठ २०८१ १२:११ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast