प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

हिमाल प्रेस ७ जेठ २०८१ ११:४९
16
SHARES
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गरेसँगै कांग्रेसका सांसदहरूले उठेर नाराबाजी गर्दै अवरोध गरेका हुन्।

सभामुखले कांग्रेस सांसदहरूलाई पटकपटक बस्न र प्रधानमन्त्रीलाई विश्वासको मत लिने कार्यसूची सुरु गर्न आग्रह गरे पनि कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको सूचना सभामुखले सुनाए।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाएर विश्वासको मत लिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

सबै तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

प्रकाशित: ७ जेठ २०८१ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast