भोलिसम्म सदनको अवरोध हट्नेछ : प्रधानमन्त्री

हिमाल प्रेस ५ जेठ २०८१ १६:०२ | Saturday, May 18, 2024
भोलिसम्म सदनको अवरोध हट्नेछ : प्रधानमन्त्री प्रचण्ड । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्।

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे।

‘प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘भोलिसम्म सदनको अवरोध हट्नेछ।’

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने,‘विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन।’

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८१ १६:०२ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast